stcnepal long ad
global ime bank long

म्याक्स मेडिटेका उप्रेतीको कर्तुत उदाङ्गिदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। म्याक्स मेडिटेक प्रा।लि।का डाइरेक्टर बिमल उप्रेतीको कर्तुत दिनप्रति दिन उदाङ्गिदै गएको छ । बिभिन्न सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको प्रलोभनमा फसाई ठेक्का पारेर सामान सप्लाइ गर्दै आएका म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर बिमल उप्रेतीले देश र जनता कोभिड १९ महामारीबाट आतंकित भइरहेको समयमा समेत लुटको धन्दा मच्याएका थिए।

गत वर्ष देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेकले बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको थियो। म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर बिमल उप्रेतीले गत वर्ष देशमा कोरोना महामारी फैलिएको समयमा अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरी लाखौं रुपैयाँ कमाएका थिए ।

गत वर्ष देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर बिमल उप्रेती भारतमा बसेर अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल पठाउने र म्याक्स मेडिटेक प्रा।लि।का कर्मचारी मार्फत् कालोबजारी गर्ने कार्यमा लिप्त थिए ।

हाल पनि डाइरेक्टर उप्रेती नेपालमा भन्दा बढी समय भारतमा बिताउँछन् । उनी नेपाल बस्दा बिभिन्न सरकारी अस्पताल लगायत अन्य स्वास्थ्यस म्बन्धी निकायसँग सेटिङ मिलाउँछन् र ती सामाग्री आपूर्ति गर्न भारत पुग्छन र आफु त्यहीँ बसेर म्याक्स मेडिटेक प्रा.लि.का कर्मचारी मार्फत् कारोबार अगाडि बढाउँछन् ।

यसैगरी म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर बिमल उप्रेतीले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, ट्रमा सेन्टर र मणिपाल अस्पताल लगायत देशभरका सरकारी लगायत निजी अस्पतालमा कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा उपलब्ध गराउँदै आएका छन् ।

यसैक्रममा म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कमसल स्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पनि छ ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्वास्थ्य उपकरण खरिद कार्यमा लाखौ भ्रष्टाचार भएकोले छानबिन गर्न आग्रह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ ।

उक्त उजुरीमा म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर बिमल उप्रेती र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका लेखा प्रमुख मनोज बिष्टको मिलेमतोमा निर्देशक डा. अधिकारीलाई थाहा नै नदिइ प्रचलित नियम कानुनको खिल्ली उडाउँदै अस्पताललाई लाखौं रुपैयाँ हानी हुने गरी स्वास्थ्य उपकरण खरिद कार्य भएकोले उक्त स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएका तमाम कागजात जफत गरी तत्काल छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारबाही गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ ।

म्याक्स मेडिटेक प्रा।लि।का डाइरेक्टर बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वलेखा प्रमुख हुन् । उनले त्यसकै आधारमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेच्ने गरेका छन् ।

बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लेखा प्रमुख हुँदा लाखौँ भ्रष्टाचार गरेको र त्यसको छानबिन हुने भएपछि राजिनामा गरेर उम्किएको स्रोतको दावी छ ।

यसैगरी म्याक्स मेडिटेकले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबार अनुसारको राजस्व समेत तिरेको छैन, राजस्व समेत छल्दै आएको छ ।

यसैगरी म्याक्स मेडिटेक प्रा.लि.का डाइरेक्टर उप्रेतीले २०७६ सालमा देशका बिभिन्न स्थानमा निःशुल्क श्रवण परीक्षण शिविर गरी हजारौं जनतालाई ग्यारेन्टीको प्रत्याभूति दिँदै आफ्नो स्वास्थ्य उपकरण र सामग्री भिडाएको र हाल उक्त कार्य बन्द गरी बदमासी गरेको समेत खुलेको छ ।

IME Lifesidebar
kumari