stcnepal long ad
global ime bank long

सुडालबाट १५ जुवाडे पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर । नेपाल प्रहरीले भक्तपुरको जुवाखालबाट नगद सहित १५ जनालाई पक्राउ गरेको छ । शनिवार राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिगएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको सुचना आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु. १२ लाख ४३ हजार ७ सय ८० सहित १५ जनालाई पक्राउ गरेको बताएका छन।

डिएसपी गिरीका अनुसार पक्राउ पर्नेहरूमा जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्वर थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ वर्षीय विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दल सम्वद्ध केही युवा नेता र पत्रकार समेत छन् । यसअघि पनि चाँगुनारायणबाट केही युवा नेता सहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको छ।

IME Lifesidebar
kumari