stcnepal long ad
ime life insurance
national life
global ime bank long

बार एशोसिएशनले १७ गतेसम्म धर्ना दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कानुन व्यवसायीहरूको प्रतिनिधिमुलक संस्था नेपाल बार एशोसिएशनले आगामी कार्तिक १७ गते सम्मका लागि इजलास बहिस्कार गर्ने, सर्वोच्च अदालतमा धर्ना दिने लगायतका विरोधका कार्यक्रम घोषणा गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिएकी छिन् ।

उनका अनुसार १७ गते सम्म पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएमा बारले देशभर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

बारले आगामी १४,१५,१६ र १७ गते आइतबार, सोमबार, मंगलबार र बुधबार बारमै भेला भएर विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने भएको छ ।

त्यतिञ्जेलमा प्रधानन्यायाधीशको राजीनामा नआए दोसो चरणको कडा आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ । बारले अन्य न्यायाधिशको हकमा भने केही बोलेन । बारका ९० वटै युनिटको भर्चुअल बैठक राख्ने निर्णय पनि बारले गरेको छ ।

IME Lifesidebar
kumari