stcnepal long ad
ime life insurance
national life
global ime bank long

च्याङ्ग्राको मूल्य प्रतिकिलो जिउँदो रू.१२ सय खसी जिउदो रू. ६५० देखि रू. ७०० सम्म

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

भक्तपुर। दशैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी खुलाचौरमा २ हजार ५ सय च्याङ्ग्रा र करिब २ हजार खसीबोका बिक्रीका लागि राखिएको छ।

गत सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि फुलपातीको बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड बढेको छ।

भक्तपुरका मात्रै नभई काठमाण्डौ,ललितपुर र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु। १ हजार २ सयमा बिक्री गरेका छन्। आज महाअष्टमीका दिनबाट भने अझै रु. १०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन्।

यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो। यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु. ७५० देखि रु. ८०० सम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै रु. १ हजार २ सय राखेका छन्।

तर पनि च्याङग्रा खरिद गर्ने ग्राहकको भिड बढेको छ। मासु पसलमा च्याङग्राको मासु प्रति किलो २ हजार ५ सय रूपैयाँ देखि २ हजार ६ सय रूपैयाँसम्म बिक्री वितरण भैरहेको छ।

च्याङ्ग्रा व्यापारीहरूले गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो मुल्य तिर्नुपरेकाले मूल्य बढेको बताएका छन्। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै आएका व्यापारीहरूले चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु. ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको बताएका छन।

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको बताउँदै व्यापारीहरूले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको दावी गरेका छन्।

व्यापारीहरूले च्याङ्ग्रा प्रतिकिलो रु। १ हजार २ सय सम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको छ। सानो च्याङ्ग्रा प्रतिगोटा रु. ३६ हजार र ठूलो च्याङ्ग्रा रु. ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताएका छन। च्याङ्ग्राको तयारी मासुको मूल्य भने २ हजार ५ सय देखि २ हजार ६ सय रूपैयाँ सम्म छ। भाग लगाएर बेच्दा सस्तो र पसलमा महंगो मूल्य छ।

सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु रु २ हजार ६ मा बिक्री गरेको मासु व्यापारी बताउछन। गत वर्ष तयारी मासु रु. १ हजार ७ सय मा बिक्री गरे पनि यस वर्ष किलोमै रु. १ हजार १०० बढी मूल्यमा बिक्री गर्नुपरेको बताउछन् । भेडा बिक्री हुन छाडे पछि यस वर्ष व्यापारीले काठमाण्डौं उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी दिएका छन। भेडा पनि मुस्ताङमै प्रतिगोटा रु. ३५ हजार परेको भन्दै व्यापारीले यहाँ भने प्रतिकिलो एक हजार १ सय रूपैयाँमा बिक्री मूल्य राखेको जानकारी दिएका छन।

च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा रु. २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई रु. २५ हजार कर तिरेको बताएका छन्। भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो गरेका छन।

च्याङ्ग्रा व्यवसायीहरूले भक्तपुर नगरपालिकाले एउटा गोठबाट रु. २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरेका छन। भक्तपुर नगरपालिकाले एउटा गोठको भाडा रु. २५ हजार लिएको छ, यहाँ २० वटाभन्दा बढी गोठ छ, अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौं, त्यसमै गर भनेर गएको र आफुहरू खुल्ला शौचालय गर्नुपर्ने बाध्यतामा परेको व्यापारीहरूको गुनासो छ।

यसैगरि नगरपालिकाले व्यापारीलाई बत्तीसमेत नदिएको गुनासो गरेका छन्। शुल्क लिएपछि अस्थायी विद्युतको व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अध्याँरोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमरजेन्सी लाइट ल्याएर बालेर बस्नुपरेको गुनासो गरेका छन्।

नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग रु. १० हजारका दरले भाडा लिएको छ। चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन्।

एक मासु व्यापारीले नगरपालिकाले एउटा पसलबाट रु. १० हजार भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गरेका छन।

सल्लाघारीमा खसी प्रतिकिलो रु। ६५७ देखि ७५० सम्ममा बिक्री भएको छ। खसी बजार कलंकीमा भने जिउदो खसी ६ सय ५० देखि ७ सय रूपैयाँमा बिक्रीवितरण भैरहेको छ। व्यापारीहरूले खसीको जात र ठाउँअनुसार मूल्य फरक पारेका छन् ।

भक्तपुर सल्लाघारीमा २२ किलोदेखि ९० किलोसम्मका खसी बिक्री भएको छ। सरकारले निर्धारण गरेको रु. ६५० मा सबै जातका खसी बिक्री भएका छैनन। भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ।

त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ। हनुमानघाट र कमेरोटारमा एक हजार भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन्। रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा प्रतिराँगा २५ हजारदेखि ८५ हजार रूपैयाँ सम्ममा बिक्री भएको व्यापारीहरू बताउछन्।

भक्तपुरका नेवार समुदायले दशैंमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा रहेको हुँदा रागाको मूल्य यसपालि बढेको छ।

prabhu mahalaxmi
kumari