citizens life insurance long ad
stcnepal long ad

काठमाडौंमा असोज ४ गतेबाट भेरोसेलको दोश्रो डोज लगाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका र काठमाडौं जिल्लाका अन्य १० बटा नगरपालिकाका सबै वडा कार्यालय र आठ वटा ठूला अस्पतालमा असोज ४ गतेदेखि कोभिड १९ बिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइ दिने कार्यतालिका सार्वजनिक गरेको छ ।

पहिलो डोजको भेरोसेल खोप लगाएकाहरुलाई असोज ४, ५ र ६ गतेसम्म तीन दिनसम्म चिनियाँ भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

सरकारले चीन सरकारबाट खरिद गरेको ६० लाख डोज भेरोसेलमध्ये असोज १ गते शुक्रबार मात्र ४० लाख डोज खोप नेपाल एयरलाइन्स मार्फत काठमाडौं आइपुगेको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा, कीर्तिपुर नगरपालकिामा १० ठाउँमा, चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा, नागार्जुन नगरपालिकाको १० ठाउँमा, तारकेश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ र बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँमा दोश्रो डोज खोप लगाइने भएको हो।

त्यस्तै काठमाडौं जिल्लाको टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी

मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन खोप केन्द्र तोकेका छन। पहिलो डोज लगाएको कार्ड साथमा लिएर आउनेलाई खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल मीनभवन, परोपकार प्रसूतीगृह स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा खोप केन्द्र तोकिएको जनाइएको छ।

IME Life
kumari