citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि १२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ ।

जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण लिइने छ ।

७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्याबसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।

व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ । यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ ।

सुचीकरण असोज १८ गते भित्र सकिने बिभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ ।

यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् ।

himalayan life insurance
igi long