citizens life insurance long ad
stcnepal long ad

छ लाख मेट्रिक टन मल चाहिने, मल खरिद गर्न बजेट अभाव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताउनु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि करिब छ लाख मेट्रिक टन मल चाहिने, त्यसका लागि अहिले दिएको रकम पर्याप्त नरहेको जानकारी गराउनु भएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि दिएको रकमले साढे दुई लाख मेट्रिक टन मल मात्र आउने सचिव आचार्यले बताउनु भएको छलफलमा सहभागी कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा बर्सेनि मलको अभाव किन हुन्छ भन्ने समितिका सदस्यले जिज्ञासा राखेपछि कृषि सचिव आचार्यले मलको अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि तथा डलरको भाउमा उतार चढाव हुँदा मल आपूर्तिमा समस्या हुने गरेको बताउनु भएको थियो ।

समितिले रासायनिक मलको आपूर्ति, सञ्चिती र वितरणको अवस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आ.व २०७७/०७८ को कार्यप्रगति र चालु आ.व को कार्ययोजना सम्बन्धमा छलफलका लागि कृषि मन्त्रालयका प्रतिनिधिलाई बोलाएको थियो ।

समितिले कृषि मन्त्रालयका सचिव आचार्य लगायत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई हाल नेपालमा रासायनिक मल अवस्था, अभाव हुनुका कारण, आपूर्तिको अवस्था लगायतबारे विस्तृत जानकारी गराउन निर्देशन दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अहिले नेपालसँग युरिया तीन हजार ३४५ मेट्रिकटन र डीएपी दुई हजार २३५ मेट्रिकटनमात्र रहेको छ । यो भदौ मसान्तम्मका लागि मात्र हो । अर्को मल अक्टोबरको पहिलो हप्तादेखि मात्र आउँछ ।

IME Life
kumari