citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रथी बढुवामा कार्कीको नाम सिफारिस

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाली सेनामा यही भदौं २४ गतेदेखि रिक्त हुने एक रथी पदको बढुवाका लागि विशेष फौजका उपरथी बालकृष्ण कार्कीको नाम सिफारिस भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले गत भदौं २१ गते आइतबार उनी बिरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना जारी गरेको छ ।
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले बरियतामा पहिलो नम्वरमा रहेका रथी कार्कीलाई सिफारिस गरेका छन् । शर्मा प्रधानसेनापतिमा बढुवा भएपछि सेनामा एक रथी रिक्त हुन पुगेको थियो।

सेनामा २४ बेसिकका कार्कीले चीनबाट नेशनल डिफेन्स कोर्स गरेका छन्। उनले सुदुरपश्चिम पृतना र सैनिक कमाण्ड तथा स्टाफ तालिम केन्द्रको सफलता पूर्वक नेतृत्व गरि सकेका छन् । उपरथी कार्की केही दिनअघि मात्र अमेरिकामा एउटा उच्च तहको तालिमबाट फर्किएका थिए ।

अब एकसाता पछि उनको नाममा अन्तिम निर्णय हुनेछ । बढुवा प्रतिस्पर्धामा उनीसँगै सरोजप्रताप राणा समेत रहेका थिए ।

उपरथी कार्कीपछिको वरियतामा रहेका उपरथी राणा असोज २६ गते रथी ईश्वर हमालले अवकाश पाएपछि रथीमा बढुवा हुने सैनिक स्रोतले बताएको छ ।

himalayan life insurance
igi long