citizens life insurance long ad
stcnepal long ad

बीपी प्रतिष्ठानका सबै चिकित्सकले काम छाडेर आन्दोलनमा उत्रिए,

कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र

Nimb long ad
Prabhu Insurance Long Ad

सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको भनाइ छ ।

प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएपछि पुन आन्दोलनमा जान बाध्य भएको पनि उनीहरुको भनाइ छ ।

डा। बैकुण्ठ अर्यालको प्रतिबेदन तथा आन्दोलनकारी र डाक्टर गोविन्द केसीसंग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डाकटर विष्णु पोखरेलले बताउनुभएको छ ।

प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सयौं बिरामीहरु अलपत्र परेका छन् ।

IME Life
kumari