citizens life insurance long ad
stcnepal long ad

एकीकृत समाजवादी र लोसपाले प्रमाणपत्र पाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले आज भदौं ९ गते साँझ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई दर्ता प्रमाण(पत्र प्रदान गरेको छ ।

यससँगै दुवै पार्टीले आयोगबाट राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ता नम्वर १६६ र महन्थ ठाकुर नेतृत्वको लोसपाको दल दर्ता नम्वर १६७ रहने गरि दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

देउवा सरकारले गएको मंगलबार ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर नेपाल र ठाकुरले नयाँ दल गठन गरेर दर्ताका लागि आयोगमा बिहिबार निवेदन दिएका थिए ।

दुवै दलका निवेदनमा उल्लेख गरिएको केन्द्रीय नेताहरुलाई आयोगले आजै आयोगमा बोलाएर सनाखत गराएपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको छ ।  नेकपा (एकीकृत समाजवादी) दलको प्रमाण–पत्र सांसद राजेन्द्र पाण्डेले बुझेका छन् ।

अध्यादेशले साविकको दलको केन्द्रीय समिति वा संसदीय दल कुनै मध्ये एकमा २० प्रतिशत सदस्यले पार्टी विभाजन गरेर नयाँ दल खोल्न पाइने व्यवस्था गरेको छ ।

सोही अनुसार नेपालले नेकपा ९एमाले० र ठाकुर जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ दल दर्ता गरेका हुन् ।

IME Life
kumari