stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेभ नेपाल फोरम COVID-19 ग्लोवल अलाइन्स फण्डले नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मानव कल्याणका निमित्त निस्वार्थ भावमा संलग्न भई गरिएको उदाहरणीय सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै यस मानवीय पुनीत कार्यमा सहकार्य गर्ने मौका मिलेकोमा गौरवको महसुस भएको बताउनुभयो ।

आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको चर्चा गर्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा उक्त एलायन्समा आवद्ध वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालिन क्याप्टेन पारस खड्का, उक्त एलायन्स नेपाल च्याप्टरका कोअर्डिनेटर पुकार बम र मिस नेपाल २०२० नम्रता श्रेष्ठले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै मानवीय सेवाका लागि आपसी समन्वयका साथ काम गरेमा सफलता हासिल हुने विचार व्यक्त गर्नुभयो ।

हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटरहरुमध्ये नेपाल प्रहरी अस्पताल लगायत प्रादेशिक प्रहरी अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपालगंजलाई वितरण गरिने उक्त अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, उक्त एलायन्समा आवद्ध विभिन्न व्यक्तित्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari