stcnepal long ad
global ime bank long

विशेष अदालतमा मुद्दाको चाप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौँ, फागुन २० गते । इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ ।
इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका प्रतिवादीलाई चरणबद्ध रूपमा अदालतमा उपस्थित हुन आउने म्याद जारी गरिरहेको छ । मुद्दा दर्ता भएको करिब एक महिना बिते पनि सबै प्रतिवादीलाई म्याद पठाइएको छैन ।
विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले इजलास व्यवस्थापनमा सहजताका लागि चरणबद्ध रूपमा म्याद पठाइएको जानकारी दिनुभयो । खड्काले भन्नुभयो, ‘‘अहिले करिब पाँच सय हाराहारीमा मुद्दा छन् । ठूला विषय र धेरै प्रतिवादी भएका मुद्दा पनि थुप्रै छन् । लगतमा एक थान भए पनि त्यस्ता मुद्दामा प्रतिवादीको बयान, थुनछेक लगायतमै धेरै समय जान्छ ।’’
इजलास व्यवस्थापनका लागि ललिता निवास प्रकरणमा पनि चरणबद्ध रूपमा उपस्थित हुने म्याद पठाइएको हो । सजाय दाबीसमेत गरिएका ११० प्रतिवादी र जग्गा जफत मात्र गर्न माग गरिएका ६५ प्रतिवादीलाई क्रमिक रूपमा म्याद जारी गरिएको हो ।
‘‘हामीले चरणबद्ध रूपमा म्याद जारी गरेका छौँ । दण्ड तथा सजाय माग गरिएका र जग्गा मात्र जफत गर्न माग गरिएका प्रतिवादीलाई क्रमशः म्याद जारी गरिरहेका छौँ । जम्मा ५४ जनालाई म्याद जारी गरिसकेका छौँ,’’ उपरजिस्ट्रार खड्काले भन्नुभयो ।
ललिता निवास प्रकरणमा विशेषले दण्ड र जरिवानासमेत माग गरिएका मध्ये क्रमसङ्ख्या ३४ सम्म र जग्गा जफतको मात्र माग गरिएका ६५ प्रतिवादीतर्फ क्रमसङ्ख्या २० सम्म म्याद जारी गरिएको छ ।
विशेष अदालतमा अहिले दुई इजलास नियमित रूपमा लाग्ने गरेका छन् । विशेषमा छ जना न्यायाधीश कार्यरत हुनुहुन्छ । पछिल्लो समय अख्तियारले दायर गर्ने मुद्दाको सङ्ख्या भने ह्वात्तै बढेको छ ।आजको गोरखापत्रबाट

IME Lifesidebar
kumari