stcnepal long ad
global ime bank long

निषेधाज्ञाकैबीचमा रातो मच्छिन्द्रनाथको रथ बनाउने काम चल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  काठमाडौं  उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।

वैशाख १५ गते साइत पूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।

यसैबीच वैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो  २१ गते मंगलवार गुप्तबासबाट निकालिँदैछ ।

महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएर आठौं दिनमा मर्मतसम्भार गरिने परम्परा अनुसार मंगलवार गुप्तबासबाट निकालेर मर्मत सम्भार गरिने पुजारी कपिल बज्राचार्यले बताउनु भयो । यसपालि रातो मच्छिन्द्रनाथलाई आउँदो २९ गते रथारोहण गरिने छ भने जेठ १ गतेबाट रथयात्रा सुरु हुनेछ।

IME Lifesidebar
kumari