citizens life insurance long ad
stcnepal long ad

उपत्यकाका पेट्रोल पम्पमा तेल भर्नेको भीड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ (तेल) भर्न उपभोक्ताको लाइन लागेको छ । बिहीबार अर्थात भोलि बिहान ६ बजेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा हुने भएपछि पेट्रोल पम्पमा तेल लिनेको भिड बढेको हो ।

बुधबार बिहानैदेखि साझा पेट्रोल पम्प, नेपाल प्रहरी तथा नेपाली सेनाले सञ्चालन गरेका पम्प लगायत निजी व्यवसायीले सञ्चालन गरेका विभिन्न पेट्रोल पम्पहरुमा ठूलो भिड लागेको छ ।

निषेधाज्ञाको समयमा कतै जानुपर्ने, पेट्रोल पम्प सञ्चालन हुँदैनकी भन्दै धेरै सेवाग्राहीहरुले तेल भर्न थालेपछि पम्पमा भीड लागेको व्यवसायीहरु बताउँछन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान निषेधाज्ञाको समयमा पम्प सञ्चालन हुने भन्दै पम्पमा भीड नगर्न आग्रह गर्छन ।

हामी सबैलाई अन्तिम समयमा भएपछि मात्र तेल भरेर राख्नुपर्छ भन्ने भावना छ । भोलीबाट निषेधाज्ञा हुने भएपछि आज सबैले तेल भर्न लाग्दा सबै पम्पमा भीड देखिएको उनी बताउँछन् ।

‘हामीले सबै पम्प सुचारु राख्छौँ, कुनै पनि पम्प बन्द हुँदैन । सरकारले अतिआवश्यक सेवा भनेर छुट्टाएका सवारीसाधनलाई हामीले तेल दिन्छौँ ।

पर्याप्त तेल छ हतार गर्दै भर्न आवश्यक छैन’, उनले भने, ‘हामीले यसअघिको बन्दाबन्दी र निषेधाज्ञाको समयमा सबै पम्प सुचारु राखेका थियौँ । पहिलाकै व्यवस्था अनुसार यसपटक सबै पम्प सञ्चालन हुन्छ । यदि कुनै पम्प बन्द रहेछ भने सम्पर्क नम्बर राखिएको हुन्छ, फोन गरेर तेल भर्न सक्नुहुन्छ ।’

नेपाल आयल निगमको थानकोट डिपोले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको भण्डार रहेको भन्दै नआत्तिन उपभोक्तालाई आग्रह गरिसकेको छ ।

डिपोको भण्डारण गृहमा ८० प्रतिशत र बाटोमा धेरै लोड भएका ट्याङकरहरु आउँदै गरेको भन्दै निगमले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेको जनाएको हो ।

IME Life
kumari