citizens life insurance long ad
stcnepal long ad

२० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने यातायात व्यवसायीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक गाडीको म्याद थप गरी सञ्चालनको अनुमति दिन माग गरेको छ ।

बिहीवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेर पनि अहिले सञ्चालन भइरहेका सार्वजनिक गाडीलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासङ्घको माग छ ।

२० वर्ष अवधि पुगेका गाडी विस्थापित गरिए नयाँ गाडीका लागि शतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

महासंघले इन्धनमा भएको मूल्यवृद्धिको आधारमा चैतको तेस्रो हप्ताभित्र भाडा समायोजन गर्नका लागि पनि ज्ञापन पत्र बुझाएको छ । चैतको तेस्रो हप्ताभित्र भाडा समायोजन नगरिए गाडी नचलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री नेम्वाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।

IME Life
kumari