citizens life insurance long ad
stcnepal long ad

मास्क लगाउनेको संख्या घट्दै, विज्ञ भन्छन् स् कोरोनाको जोखिम टरेको छैन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणसँगै बढेको मास्कको प्रयोग एकाएक घटेको छ । पहिले मास्क नलगाएको मानिस बिरलै देखिने सहररबजारहरुमा अहिले भने मास्क लगाएका मानिस थोरै मात्र देखिन थालेका छन् । पसलमा पनि पहिलेजस्तो मास्कको कारोबार हुँदैन । मास्क उद्योगको उत्पादन पनि घटेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका, सुन्दरीजलमा रमन कायस्थको सर्जिकल मास्क उद्योग सञ्चालनमा छ । उहाँको उद्योगले दैनिक दैनिक १५ देखि २० हजार थान मास्क उत्पादन गर्छ । उद्योग सञ्चालनमा आएको २ वर्ष भयो । उहाँको सामान्य खालको मेसिन छ । कायस्थको उद्योगमा उत्पादन हुने मास्कको बजार मूल्य ५ देखि १० रुपैयाँ पर्छ ।

बढ्दो प्रदूषणका कारण मानिसहरुले मास्क लगाउने र व्यापार फस्टाउने आशाले उहाँले मास्क उद्योग सञ्चालन गर्नुभएको हो । व्यापार ठिकै हुँदै थियो । कोरोनाका कारण धेरैजसो व्यापार, व्यवसाय ठप्प भएको बेला पनि उहाँको व्यापार फस्टायो ।

मास्कको उत्पादनमा उहाँले भविष्य राम्रै देख्न थालिसक्नुभएको थियो । तर पछिल्लो समय मास्कको प्रयोगमा कमी आउन थालेकोले उहाँलाई चिन्ताले पिरोल्न थालेको छ । कोरोनाको खोप भित्रिएसँगै मुखबाट मास्क बाहिरिन थालेको छ । मास्कको व्यापारमा कमी हुनुका अरु थुप्रै कारण औंल्याउनुहुन्छ कायस्थ ।

उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय चीनलगायतका देशबाट मास्क भित्रने क्रम बढ्दो छ । विदेशी मास्कको आयातलाई रोक्न नसके स्वदेशी उद्योग धरासायी बन्न सक्छ ।’ सरकारले प्रोत्साहन गर्न नसक्दा स्वदेशी उद्योगको उत्पादन लागत बढी पर्दा महँगो हुन जाने उहाँको भनाइ छ । मास्कका लागि आवश्यक कच्चा पदार्थ आयातमा छुट दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

त्यसो भए आयातितभन्दा स्वदेशी मास्क सस्तो पर्ने उहाँले बताउनुभयो । चीनबाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ । कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्छ ।

चीनले एकैदिन करोडौं मास्क उत्पादन गरेर विश्व बजारमा पुर्याउछ । चीनलगायतका देशबाट मास्क आयात हुँदा स्वदेशी मास्कको व्यापारमा कमी आएको हो । अहिले मास्कको व्यापारमा ६० देखि ७० प्रतिशतले कमी आएको उहाँ बताउनुहुन्छ ।

विदेशी मास्कको बढ्दो प्रयोगले स्वदेशी मास्क उद्योगहरु धराशायी हुने खतरा बढेको छ । उहाँ भन्नुहुन्छ ‘हिजोआज मानिसहरुले पनि कोरोना सङ्क्रमितको संख्या कम भएसँगै मास्कको कम मात्रै प्रयोग गर्न थालेका छन् ।’ अनि स्वदेशी सामान जति नै राम्रो भए पनि विदेशी नै राम्रो हो भन्ने मानसिकताका कारण पनि मास्कको व्यापार घटेको हुन सक्ने उहाँको बुझाइ छ ।

हामी अझै पनि महामारीको जोखिममा नै छौँ । नयाँ दोस्रो वेब आउन सक्ने चेतावनी विज्ञहरुले पनि दिँदै आएका छन् । ‘यस्तो अवस्थामा पनि मानिसहरुले मास्कको प्रयोग गर्न छोड्नु त अचम्मै भयो नि होइन र रु’ उहाँ प्रश्न गर्नुहुन्छ ।

‘मास्क लगाउन नबिर्सौं, बानी पारौं’

मास्कको प्रयोग कम हुँदै गएकोमा विज्ञहरु पनि चिन्तित छन् । नेपाल स्वास्थ्य परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवाली आफूले पनि पछिल्लो समयमा मास्क नलगाइ हिँड्ने मान्छे भेट्ने गरेको बताउनुहुन्छ । अझै पनि हामी महामारीको जोखिममा भएको कुरा बिर्सिएकामा उहाँ दुःख पोख्नुहुन्छ ।

काठमाडौं उपत्यका बाहिरका मानिसले एकदमै कम मात्र मास्क लगाउने गरेका छन् । उपत्यका भित्रैकाले पनि मास्कको प्रयोग कम गर्न थालेका छन् । सरकार, विज्ञ र मिडियाले पटक–पटक मास्क लगाउन भनिरहेका छन् । मास्कको प्रयोगले कोरोनाबाट जोगिन मात्र नभएर अरु विभिन्न रोगबाट बच्न सकिन्छ भनेर मास्कको महत्त्व मानिसहरुले बुझ्न नसकेकोमा उहाँलाई दिक्क लाग्छ । कोरोनाको खोप लगाएपछि पनि मास्क लगाउनुपर्छ । कोरोनाको समयमा मात्रै होइन जतिखेर पनि मास्कको प्रयोग गर्न उहाँको सुझाव छ ।

‘मास्क लगाउन बानी पारौँ’

मास्क लगाउने बानी आफैँ पार्नुपर्छ । बानी पार्नका लागि मास्कको महत्त्व बुझ्नुपर्छ । बोल्न गाह्रो भयो, सास फेर्न गाह्रो भयो भनेर मास्क लगाउन छोड्नु हुँदैन । गाह्रो भए पनि लगाउने गरेमा बिस्तारै बानी पर्दै जान्छ। नेपालमा कोरोनाविरुद्धको खोप भित्रिएसँगै मानिसको मुखबाट मास्क बाहिरिन थालेकाले मास्कको प्रयोगमा बानी पार्दै लैजान र यसको प्रयोग गर्न नछोड्न उहाँको सुझाव छ ।

दैनिक जीवनका लागि भाइरसबाट बच्न मास्क र स्यानिटाइजर निकै आवश्यक भएको बताउँदै उहाँले हात धुने बानीले झाडापखालादेखि टाइफाइड, कमलपित्तजस्ता सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्ने बताउनुभयो । सरुवा रोगसँगै धुवाँ धुलोबाट बच्न समेत मास्क लगाउन विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

IME Life
kumari