अनलाइनबाटै ट्राफिक जरिमाना भुक्तान गर्न मिल्ने
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिमाना अनलाइनबाटै भुक्तान गर्न मिल्ने भएको छ । महाशाखाले बुधवारआज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दै छ ।
सवारी चालकको सहजतालाई मध्यनजर गर्दै अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि बैङ्कमा लामो लाइन बस्नुपर्ने भएकोले निकै धेरै समय खर्च र झन्झट व्यहोर्दै आएका थिए ।