citizens life insurance long ad
stcnepal long ad
national life

संवैधानिक निकायका पदाधिकारीको शपथ आज

Prabhu Insurance Long Ad

काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस पदाधिकारीहरुको सपथ आज बुधबार बिहान ९ बजे  हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शितल निवासमा बिहान ९ बजे सपथ कार्यक्रम राखिएको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा ३८ जनाको सिफारिस गरेको थियो ।

आयोगका अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाउनु हुने छ । त्यस्तै, सदस्यलाई भने सोही आयोगका अध्यक्षले सपथ गराउनेछन् ।

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था छ ।

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो । पुस ५ गते उनीहरूको सिफारिससम्बन्धी जानकारी सार्वजनिक भएको थियो ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाउनुभएको थियो। आफूसँग छलफल नै नगरी फिर्ता पठाएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले असन्तुष्ट व्यक्त गर्नुभएको थियो ।

यी हुन् सिफारिस भएका व्यक्तिहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

१ प्रेमकुमार राई
२ जयबहादुर चन्द
३ किशोरकुमार सिलवाल

निर्वाचन आयोग

१ रामप्रसाद भण्डारी
२ जानकी तुलाधर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१ जुद्ध गुरुङ, पर्वत
२ अमरराज मिश्र, काठमाडौं

आदिवासी जनजाति आयोग

१ रामबहादुर थापा, उदयपुर
२ मीन श्रीसमगर, गुल्मी
३ मेन्चुङ लामा, नुवाकोट
४ रिना राना, स्याङ्जा
५ शरण राई, उदयपुर

थारू आयोग

१ विकास चौधरी
२ बबिता चौधरी
३ सुबोधसिंह थारू
४ भोलाराम चौधरी

मधेसी आयोग

१ जीवच्छ साह, सिराहा
२ रेणुदेवी साह, सप्तरी
३ विजय गुप्ता, बाँके

राष्ट्रिय महिला आयोग

१० कमलाकुमारी पराजुली, काठमाडौं
२ कृष्णकुमारी पौडेल ‘खतिवडा’, काठमाडौं
३ विद्याकुमारी सिन्हा, सर्लाही

राष्ट्रिय समावेशी आयोग

१ मानप्रसाद खत्री, बझाङ
२ रामकृष्ण तिमल्सिना, कास्की
३ रामचन्द्र जोशी, कैलाली
४ हरिदत्त जोशी, बैतडी

राष्ट्रिय मानव अधिकार आयोग

१ तपबहादुर मगर, ललितपुर
२ मनोज दुवाडी, काठमाडौं
३ सूर्य ढुंगेल, महोत्तरी
४ लीला बस्नेत थापा, काठमाडौं
५ मिहिर ठाकुर, सप्तरी

राष्ट्रिय दलित आयोग

१ देवराज विक, दाङ
२ मीना सोव, कैलाली
३ परशुराम रम्तेल, गोरखा
४ टुन्ज बराइली, झापा
५ मेहेल पार्की, हुम्ला

मुस्लिम आयोग

१ मोहमुद्दिन अली, काठमाडौं
२ मिर्जा अरसद वेग, कपिलवस्तु

himalayan life insurance
igi long