citizens life insurance long ad
stcnepal long ad

नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंको कार्यालय उद्घाटन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले नेवा पत्रकार राष्ट्रिय दःबू काठमाडौंबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बनाउने बताउनु भएको छ । आज काठमाडौंमा नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंको कार्यालय उद्घाटन गर्नु हुँदै मेयर शाक्यले उक्त कुरा बताउनु भएको हो ।

दःबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले कार्यालय स्थापनाको शुरुवात गरिदा अरु जिल्लाका शाखाहरु पनि उर्जा थपिदैं जाने र कार्यसम्पादनमा पनि तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका संयोजक तथा दःबूका सदस्य मनोज रत्न शाहीले आफनो संस्थाको कार्यालय नहुँदा विगतमा काम गर्न असहज भएको बताउदै आफू सम्मिलित यो कार्यसमितीले ठूलो प्रयास पछि कार्यालय राख्न सफल भएको बताउनुभयो ।

कार्यक्रमको सभापति समेत रहनुभएका नेवाः पत्रकार राष्ट्रिय दःबु काठमाडौं जिल्ला शाखाका अध्यक्ष अरविन्द्रमान सिंहले आज आफूहरुले एउटा शुरुवात मात्र गरेको हो, यो शुरुवात सँगै धेरै चुनौती आउने छ, यस चुनौतीसँग सामना गर्न हातेमालो गरि अगडि बढ्ने बताउनुभयो ।

सो कार्यालय नेवा पत्रकार राष्ट्रिय दःबूको पहिलो कार्यालय भएकाले काठमाडौं जिल्लाको मात्र हैन सम्पूर्ण नेवाः पत्रकार राष्ट्रिय दःबुको साझा भएको बताइएको छ ।

 

IME Life
kumari