citizens life insurance long ad
stcnepal long ad

सामाजिक सञ्जालमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका–८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा ‘जब भ्याकेन्सी’को नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

IME Life
kumari