stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रपतिलाई संसद् विघटनको सिफारिस कार्यान्वयन नगर्न पत्रकार महासंघको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पत्रकार महासंघले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस संविधान विपरीत रहेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको कदम संघीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको महासंघले विज्ञप्तिमा जनाएको छ ।

‘सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्ति सम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर वज्रपात हुन पुगेको छ,’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूले यस्तो कदमको विरोध गर्नुपर्ने पनि महासंघले जनाएको छ ।

IME Lifesidebar
kumari