छिटै ट्राफिक जरिवाना अनलाइनबाटअनलाइनबाटै भुक्तानी गर्न मिल्ने
काठमाडौं । कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परि जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक जरिवाना नलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था छिटै लागु हुने बताएका हुन् ।
भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि बताए ।
अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने उनी बताउँछन् ।
























