stcnepal long ad
ime life insurance
national life
global ime bank long

मानव बेचविखन गर्ने फरार अभियुक्त राजेश कुमार चौधरी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ४ जना महिलालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्या ई बेचबिखन गर्ने उद्देश्यले नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्यागई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फिर्ता भए पश्चाित उनीहरुले दिएको जाहेरीको आधारमा माचन वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त चौधरीलाई काठमाडौं गोंगबुस्थित नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

IME Lifesidebar
kumari