stcnepal long ad
global ime bank long

‘हिउँदे बालीलाई मल अभाव हुँदैन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदे बालीका लागि मलको अभाव नहुने जानकारी गराएको छ । मन्त्रालयसँग ७८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
हाल १९ हजार दुई सय मेट्रिक टन युरिया र २६ हजार ८२१ मेट्रिक टन डीएपी मल मौज्दात रहेको छ । एक आर्थिक वर्षमा करिब १२ लाख ७१ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने गरेको मन्त्रालयले जनाएको छ ।

हिउँदे बालीका लागि पनि मलको हाहाकार हुने चर्चा चलिरहेका बेला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड ६० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारीमा रहेको जानकारी गराएको छ । कृषि सामग्री कम्पनीले १० हजार मेट्रिक टन डीएपी पनि छिट्टै नेपाल ल्याउने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले यसपालि गहुँ, तोरी, तेलहन, दलहन तथा तरकारी खेती लगायतका लागि मलको अभाव नहुने जानकारी गराउनुभयो । उहाँले हिउँदे बालीका लािग मात्र होइन अब रासायनिक मलको अभाव कहिले नहुने गरी समस्या समाधान भइरहेको बताउनुभयो ।

रासायनिक मलको समस्या समाधानका लागि मन्त्रालयले निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइसकेको र त्यस अनुसार काम भयो भने मलको अभाव कहिले नहुने डा. कार्कीले दाबी गर्नुभयो । डा. कार्कीले मलको अभाव हुन लागेको भनी भ्रम छर्ने काम भएको हुनाले त्यस्ता भ्रममा नपरी मल जति पनि रहेको दाबी गर्दै हिउँदे बालीका लागि मल पर्याप्त मात्रामा मल वितरण भइरहेको बताउनुभयो ।

कोरोनाका कारण विगतमा रासायनिक मलको अभाव देखिए पनि हाल मलको अभाव नरहेको दाबी गर्दै डा. कार्कीले मन्त्रालयले मल आयात र वितरण प्रणालीमा सुधार गर्न आवश्यक नीतिगत व्यवस्था गरेको बताउनुभयो । अबदेखि धान बालीका लागि पुस महिनामै मल आयातको टेन्डर आह्वानको व्यवस्था गरिएकाले समयमै मल आयात हुने उहाँले जानकारी गराउनुभयो ।

सरकार आगामी पाँच वर्षभित्र स्वदेशमै मल कारखाना खोल्ने तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari