citizens life insurance long ad
stcnepal long ad

राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन सहित ५ कम्पनी विरुद्ध मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान विभागले निर्माण क्षेत्रमा विवादित कम्पनी रमण कन्स्ट्रक्सन प्रा.लि.सहित ५ कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

गत वर्ष साउनमा हुलाकी राजमार्ग अन्तर्गत चितवनको गोलाघाट पुल निर्माण नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन प्रा.लि.लाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो । रमणले वस्तु तथा सेवाको खरिद नगरी नक्कली बिक्री बिल बनाएको विभागले जनाएको छ ।

धरहरा निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी समेत रहेको रमण कन्स्ट्रक्सन विरुद्ध २० करोड ८७ लाख ६४ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागवादी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

रमण कन्स्ट्रक्सन प्रा.लि.ले भ्याट तर्फ ७ करोड रुपैयाँ, आयकर तर्फ १२ करोड र लाभांश कर तर्फ १ करोड ७५ लाख रुपैयाँ राजस्व चुहावट गरेको छ । रमण कन्स्ट्रक्सन प्रा.लि.सँगै राउत ट्रेड कन्सर्न, पीआर के ट्रेड ईन्टरनेशनल, मिनजा ईन्टरनेशनल, र क्रेटा इन्टरप्राइजेज विरुद्ध मुद्दा दायर भएको हो ।

नक्कली मूल्य अभिवृद्धि कर बिल (भ्याट बिल) प्रयोग गरी ४१ करोड ३ लाख रुपैयाँ राजस्व छली गरेको विभागको आरोप छ ।

IME Life
kumari