राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’नामक पुस्तकको लोकार्पण
काठमाडौं । भारतका राष्ट्रपिता महात्मागान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण गरियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको आज दिउँसो लोकार्पण गर्नुभयो ।
हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो ।
यस पुस्तकले विश्व पुरुष गान्धीकाबारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।
यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ । जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छ ।


























