stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२० लाख थान इ–पासपोर्ट छाप्ने जिम्मा सरकारले फ्रान्सेली कम्पनीलाई दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले २० लाख थान इ–पासपोर्ट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा फान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिन लागेको हो ।

विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्न तयार फ्रान्सेली कम्पनी एसएएसलाईलाई दिन आज लेटर अफ इन्टेन्ट जारी गरेको छ ।

२ करोड ११ लाख डलरमा २० लाख पासपोर्ट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई छुट सहित २ करोड ११ लाख डलरमा २० लाख थान इ–पासपोर्ट छाप्न एसएएससँग सम्झौता गर्न लागेको विभागले जनाएको छ ।

कम्पनीले १३ महिनाभित्र २० लाख पासपोर्ट छापेर बुझाइसक्नुपर्नेछ । पासपोर्ट छपाइका लागि तेस्रो पटक असोज ८ मा टेण्डर गरेको थियो ।

यसअघि विभागले फागुन १९ गते गरेको टेण्डर अन्तिममा रद्द गरिएको थियो भने फेरि असोज ५ मा दोस्रो पटक टेण्डर रद्द गरिएको थियो ।

prabhu mahalaxmi
kumari