stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

यस वर्ष सर्वसाधारणलाई दशैंको टीका पूर्वराजा ज्ञानेन्द्रले नलगाइदिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यो वर्ष सर्वसाधारणलाई पूर्व राजा ज्ञानेन्द्र शाहले  दशैंको टीका नलगाइदिने भएका छन् । पूर्व राजा शाहले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका नलगाइदिने बताएका हुन् ।

पूर्वराजा शाहले विगतमा दशैंको अवसरमा विभिन्न शक्तिपिठहरुमा गर्ने गरेको दर्शनको कार्यक्रम पनि यो वर्ष स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाको असहजताको स्थितिमा आस्था मान्यता मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दशैं शान्त, शालीनता र सादगीमा मनाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघि शाहले हरेक बर्ष दशैंको टीकाको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए । साथै दशैंको अष्टमीको दिन उपत्यकाका शक्तिपिठहरु नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने गरेका थिए ।

prabhu mahalaxmi
kumari