stcnepal long ad
nabil bank
macchha(MBL)

चीनको नेपाललाई अघोषित नाकाबन्दी केरुङमा रोकिए ११ लाख बिसिजि सिरिन्ज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उत्तरी मित्र राष्ट्र चीनले विगत ८ महिनादेखि कोरोना संक्रमणको वहानामा  केरुङ र तातोपानी नाका बन्द गरेपछि चीनबाट आउने मेडिकल सामाग्री, मेडिकल उपकरण,औषधि,खोप,कीट,कच्चा पदार्थ, फलफुल, लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायतका सामान आउन सकेको छैन।

बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । पछिल्लो पटक नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र परेका छन् । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएका  छन ।

रसुवागढीमा कोभिड–१९ संक्रमित एक मजदुर भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले अघोषित नाका बन्दी गरेको छ ।

स्वास्थ्य सेवा विभागले एक साताअघि नै केरुङको सडकमा अलपत्र रहेका सिरिन्ज बोकेका कन्टेनर भित्रयाउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ र सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी गराएको थियो।

ततपश्चात रसुवागढी भन्सारले ती सामान छुटाउन आफ्नो तर्फबाट निकै पहल गरेपनि चिनियाँ पक्षले कोरोना संक्रमण हुने त्रास देखाएर नाका खोलेको छैन ।

खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी छ। स्टक सिमित रहेको छ अझै केही दिन नआए  सकिन सक्छ।

बीसीजी खोप जन्मने बित्तिकै बच्चालाई  लगाउनु पर्दछ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोग विरुद्ध दिइने खोप हो ।

सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रतिनिधिले स्वास्थ्य  सेवा विभागले ताकेता गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याउदै थियो । उताबाट सामान हिँडाउँदा केरुङ नाका बन्द थिएन । ल्याउँदा ल्याउँदै बाटैमा अलपत्र भएको छ।

सामान अड्किएपछि सहजीकरणका लागि स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयलाई हारगुहार गरेपनि सामाधान भएको छैन ।

जंगलको बीचमा बाटोमै कन्टेनर अलपत्र  अवस्थामा रोकिएका छन। कन्टेनरमा ०•०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् । इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य सेवा विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याइदै थियो,तर कोरोनाको वहानामा रोकिएको छ।

तातोपानी नाका सञ्चालनमा आएको भए त्यताबाट पनि सिरिन्ज भित्र्याउन सकिन्थ्यो । यसो गर्दा ढुवानी खर्च भने बढी लागे पनि कम्पनी तयार थियो तर चिनियाँ पक्षले त्यताबाट पनि ल्याउन नदिएर नाकाबन्दी लगाएको छ ।

चीनले नियोजित रूपमा नाका बन्द गरेर नेपाली व्यवसायीलाई दुःख दिएको देखिन्छ। सरकारले एमसिसि पास गर्न खोजेको बदला चीनले उत्तरी सीमा नाका नियोजित रूपमा बन्द गरेर नेपाललाई दबाव दिएको हो कि भन्ने व्यापारी र व्यवसायीले बुझ्न थालेका छन।महाभुकम्पको वेलामा पनि चीनले नाका बन्द गरेर नेपाललाई अप्ठेरो पारेको थियो।

नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र छन् । कोभिड संक्रमणबाट बच्न प्रयोग हुने स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ । बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र नाका पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा थन्किएर बसेका छन् । नाका बन्द भएपछि ह्राम्स अस्पतालले पीसीआर मेसिन महँगो ढुवानी खर्चमा जहाजमार्फत ल्याएको थियो ।

पछिल्लो समय धेरै मेडिकल सामग्री चीनबाटै आउने भएकाले नाका बन्द हुँदा व्यवसायीलाई ठूलो समस्या परेको छ । मेडिकल सामान आयातमा तीन सय भन्दा बढी नीजि फर्म संलग्न रहेका छन।

कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि भने सबैजसो सामग्री चीनबाटै ल्याइने गरेको छ । त्यस्ता सामग्री जसरी पनि भित्र्याउनुपर्ने बाध्यताका कारण महङगो जहाज भाँडा प्रयोग गर्न व्यवसायी वाध्य हुँदै आएका छन ।

यसले स्वास्थ्य क्षेत्र महङ्गो बन्न थालेको छ । लकडाउनमा पनि स्वास्थ्य सामग्री आयात गर्न गत चैत २६ देखि तातोपानी भन्सारको कारोबार सञ्चालन गरिएको थियो । तर अहिले त्यहाँबाट भित्रयाउने तयारी गरिएका स्वास्थ्य सामग्री खासामा थन्किएका छन् ।

सिल्क कार्गो प्रा.लि.ले ल्याउन लागेका मास्क, सेनिटाइजर, पीसीआर मेसिन, किट्स लगायत सामग्री गोदाममा थन्केको महिनौ भइसक्यो । चितवनको एक मेडिकल अस्पतालले झिकाएको पीसीआर मेसिन समेत नाका नखुलेकाले रोकिन पुगेको छ ।

चीनले पछिल्लो पटक तीन सातादेखि उत्तरका केरुङ र तातोपानी नाका बन्द गरेको छ। नाका बन्दभएपछि नेपाली व्यवसायीले खरिद गरेका अन्य सामान बोकेका सयौं कन्टेनर सीमापारि अलपत्र छन् ।

करोडौं मूल्यका सामान अलपत्र परेपछि नाका खोल्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावास मार्फत कुराकानी गरेको भएपनि नाका खुलेको छैन ।

केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले त्यही वहानामा नाकाको कारोबार बन्द गरेको थियो । कोरोना पुष्टि भएको  २२ दिन बितिसकेको छ, ।

ती मजदुर सक्रमणमुक्त भइसकेका छन,अरूमा संक्रमण फैलिएको छैन तरपनि चीनले रसुवागढी नाका खुलाएको छैन । कोभिड महामारी सुरु भएपछि गत जेठमा केही दिन खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना मात्र भएको छ ।

कारोबार भएको समयमा पनि दिनमा ७–८ वटा कन्टेनर मात्र भित्रने गरेका छन। केरुङमा १२ सय भन्दा बढी र तातोपानी नाकाको खासामा नेपाल आउन लागेका डेढ सय कन्टेनर सामान अलपत्र छन् । नाका खुलाउन व्यवसायीले मन्त्री,सासंद र नेता गुहारी रहेका छन्।

 

 

prabhu mahalaxmi
kumari