कपन लुटपाट घटनामा नयाँ मोड, यस्तो छ लुटेरा समूहको कनेक्सन
काठमाडौं । समाजमा पछिल्लो समय दिनानुदिन बढ्दो अनेकन अपराधिक क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पटक–पटक सजाय भोगेका सिन्धुपाल्चोकका सुमन श्रेष्ठ राजधानीको कपनमा केहि समय अघि सुन किन्ने नाममा भएको लाखौं रकम लुटपाट प्रकरणमा समेत जोडिएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार यसअघि प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र नभइ , राजधानीमा हुने पाकेटमार समूहका नाईके भनेर उनको नाम दर्ता रहेको र उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै पछिल्लो घटना अन्तर्गत कपन लुटपाट घटनाका लुटेरा समूहसँग समेत कनेक्सन देखिएपछि उनीमाथि समेत प्रहरीले थप निगरानी बढाएको थाहा भएको छ ।
स्मरण रहोस केहि दिन अघि प्रहरीले कपनस्थित आनिगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राईको लाखौं रकम लुटपाट गर्ने समूहका अभियुक्त मध्ये चार जना सिन्धुपाल्चोक जिल्लाका रहेको यस मध्ये दुइ जनाको कनेक्सन सिन्धुपाल्चोकका श्रेष्ठसँग देखिएको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार लुटपाट घटनामा पक्राउ परेको अपराधीको कनेक्शन देखिएसंगै कतै सुमनकै डिजाइनमा लुटपाट भएको हो की भन्ने कोणबाट समेत थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
अनुसन्धान अधिकारीका अनुसार एकातर्फ चन्दा आतंक सहित अनेकन अपराधिक घटनामा सुमनको सक्रियता रहनु त्यसमाथि लुटपाट घटनाको कनेक्शन समेत देखिनुले घटनाको नयाँ मोड आएको प्रहरीले जनाएको छ ।
























