stcnepal long ad
global ime bank long

नेपाल वायुसेवा निगममा सुधारको विकल्प छैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

माघ २९, २०७६ काठमाण्डौ । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले निगम सुधारको विकल्प नभएको बताउनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव समेत रहनु भएका अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्दै निगममा प्रशासनिक र व्यवस्थापकीय सुधार अत्यावश्यक रहेको बताउँदै निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने तर चित्तबुझ्दो नभए सरकारले हस्तक्षेप गरेर अघि बढ्ने पनि बताउनु भयो ।
नेपाल वायुसेवा निगममा नेपाल सरकारको लगानी भएकोले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ, तापनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यस तर्फ सोच्न सकिन्छ’, अधिकारीले भन्नुभयो । निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकोले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो

IME Lifesidebar
kumari