citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सले  ९ वर्षे गौरवमय यात्रा पूरा गर्यो

ग्राहक केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ९ वर्षे गौरवमय यात्रा पूरा गरेको छ। इन्स्योरेन्स कम्पनीले २०७४ कात्तिक २ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालनमा ल्याएको थियो।

नेपाल बीमा प्राधिकरणबाट बीमा कम्पनीको सञ्चालन अनुमतिपत्र भने इन्स्योरेन्स कम्पनीले २०७४ भदौ ७ गते प्राप्त गरेको थियो। छोटो समयमै कम्पनीले आफ्ना बीमा सेवाहरुमा ग्राहकलाई आकर्षित गर्न सफल भएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न भागमा १३५ शाखा तथा उपशाखामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। कम्पनीको सेवा सञ्जाल बलियो र विविध छ। जसले गर्दा बीमा उत्पादनहरुको विस्तृत दायरा वितरण गर्दै आएको छ।

नियामकीय कानुहरुरूको पालना गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सका साथै विदेशमा आधारित कन्सल्टिङ एक्चुअरीसँग पुनर्बीमा व्यवस्था गरेको छ।

सिटिजन लाइफले ग्लोलोकलाइजेसनको अवधारणामा आधारित स्थानीय आवश्यकताहरु अनुसार स्थानीय बजारमा सफल कम्पनीहरुको अन्तर्राष्ट्रिय विश्वव्यापी अभ्यासहरु लागू गर्नमा केन्द्रित छ।

नवीनतम प्रविधिको प्रयोगको साथ सिटिजन लाइफ इन्स्योरेन्सले कमाउने व्यक्ति गुमाएपछि हुन सक्ने आर्थिक कठिनाइको अवस्थामा ग्रास रुट स्तरमा पुग्ने र परिवारलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स पूर्ण रुपमा ग्राहक सन्तुष्टिमा केन्द्रित छ। यसले सामाजिक आवश्यकताहरुलाई ध्यानमा राखी तयार पारिएका नवीन बीमा योजनाहरु मार्फत आफ्ना ग्राहक तथा बीमितलाई मूल्य प्रदान गर्नुका साथै उत्कृष्ट सेवा उपलब्ध गराउँछ। कम्पनीले बीमितको परिवारको भविष्य सुरक्षित गर्न मद्दत पुर्याउने विभिन्न प्रकारका सुरक्षा योजना ल्याएको छ।

इन्स्योरेन्स कम्पनीका सीईओ पोषकराज पौडेले कम्पनीको नवौँ वार्षिकोत्सवका अवसरमा कम्पनीलाई निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक,व्यावसायिक सिटिजन लिडरहरु, नियामक निकाय,शेयरधनीहरु,सञ्चालक समिति, व्यवस्थापन समूह, कर्मचारीवर्ग तथा सम्पूर्ण शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन्।

‘नौ वर्षको यस यात्रामा प्राप्त उपलब्धि र अनुभवलाई आत्मसात गर्दै आगामी दिनहरुमा अझ गुणस्तरीय, विश्वसनीय तथा ग्राहक केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, उनले भने।

यसका साथै नेपालीहरुको महान पर्व बडादसैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना पनि सीईओ पौडेलले व्यक्त गरेका छन्।

सिजिटन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष २०८१।८२ को तुलनामा १०६ प्रतिशतले बढी हो।

यसैगरी इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा २७ अर्ब २ करोड ६६ लाख रुपैयाँ र महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ रहेको छ। शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ९ अर्ब ३७ करोड रुपैयाँको व्यापार भित्र्याउन सफल भएको थियो। हाल कम्पनीको अध्यक्षमा प्रदीपजंग पाण्डे रहेका छन्।

IME Life
kumari