citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४ खर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैँया १० प्रतिशतका दरले हुने एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने निर्णय सभाले पारित गरेको छ ।

साथै १० प्रतिशतका दरले हुने एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब ५० करोडको ८.२५ प्रतिशतका दरले हुने रकम १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मितिदेखि असार २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

IME Life
kumari