नेपाली बजारमा टीसीएलको लोकप्रियता र बजार विस्तार : चाडपर्वमा क्यास ब्याकसहित विशेष अफर
काठमाडौं । नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गत लामो समयदेखि बिक्री हुँदै आएको टीसीएलले नेपाली उपभोक्ताबीच उच्च विश्वास आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।
१९९१ मा स्थापित टीसीएल कम्पनीका हाल १३ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् । १६० भन्दा बढी देशहरूमा फैलिएको छ ।
नेपालमा चौधरी ग्रुपमार्फत लामो समयदेखि टीसीएल ब्राण्डका सामग्रीहरू नेपाली बजारमा ल्याइएको छ । ग्राहकहरूको यस ब्राण्डप्रतिको विश्वास तथा भरोसा प्रत्येक वर्ष बढ्दै गएको टीसीएल ब्राण्डका नेसनल सेल्स म्यानेजर सन्तोष पौडेल बताए ।
उनले भने, ‘टीसीएल ब्राण्डले विशेष गरी एलईडी टीभी, वाशिङ मेसिन र एयर कन्डिसनरलाई मुख्य उत्पादनका श्रपमा नेपाली बजारमा ल्याएको छ ।
मल्टिडोर तथा साइड बाइ साइड रेफ्रिजरेटर, वाटर डिस्पेन्सर र अडियो सिस्टमहरु पनि नेपाली उपभोक्ताको लागि उपलब्ध गराइएको छ ।
यसपटक पनि विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा नेपाली ग्राहकहरुका लागि विशेष अफर तथा योजनाहरू ल्याइएको छ ।
यस अन्तर्गत ग्राहकहरूलाई हातखाली नजाने गरी क्यास ब्याकका साथै केही निश्चित बस्तुमा विशेष स्किमहरु पनि उपलब्ध गराइएको छ । ९० देखि ५० इन्चको एलईडी टेलिभिजन खरिद गर्दा २० हजार रुपैयाँ बराबरको अडियो सिस्टम, वाशिङ मेसिनको खरिदमा ६ केजीको सर्फ एक्सेल फ्री र मल्टिडोर तथा साइड बाइ साइड रेफ्रिजरेटरहरूमा सीजी इन्डक्सन फ्री उपलब्ध गराइएको छ । प्रत्येक उत्पादनमा ग्राहकहरूलाई २० देखि २५ प्रतिशतसम्मको क्यास डिस्काउन्ट पनि दिइएको छ ।’
टीसीएल ब्राण्डप्रतिको विश्वासको मुख्य कारण यसको बढ्दो लोकप्रियता र गुणस्तर रहेको कम्पनीले बताएको छ । पछिल्लो समय विश्वकप चलिरहँदा अन्य वर्षहरुभन्दा फरक किसिमले यसको बिक्रीमा उल्लेख्य वृद्धि भएको छ ।
मिनी एलईडी टीभी, ९८ इन्च तथा ७५ इन्च र त्यसभन्दा माथिका एलईडी टीभीहरुको सेग्मेन्टमा टीसीएल ग्लोबल नम्बर वान ब्राण्डको रुपमा रहेको कम्पानीले बतारुको छ ।
नेपाली बजारमा पनि उपभोक्ताहरुको पचेस क्यापासिटी र गुणस्तरलाई ध्यानमा राख्दै अन्य ब्राण्डहरुको तुलनामा उत्कृष्ट फिचर र गुणस्तरयुक्त उत्पादनहरू कम मूल्यमै उपलब्ध गराइएको छ ।
चौधरी ग्रुप अन्तर्गत रहने यस ब्राण्डको सबैभन्दा बलियो पक्ष भनेको यसको उत्कृष्ट सर्भिस सेन्टर हो । सीजी सर्भिस सेन्टरको नाम सुनेपछि नै नेपाली ग्राहकहरूले सर्भिसका लागि अन्य कुनै कुरा सोच्नै नपर्ने गरी ढुक्क हुने अवस्था रहेको कम्पनीको भनाइ छ ।
टीसीएलको वाशिङ मेसिनतर्फ गएको दुई वर्षदेखि प्रत्यक्ष रुपमा नेपाली बजारमा कन्टिन्यु गरिएको डाइरेक्ट ड्राइभ वाशिङ मेसिनमा डिडी मोटर प्रविधि प्रयोग गरिएको छ । जुन नेपाली ग्राहकहरुले अति रुचाएको र सस्तो रेटमा उपलब्ध गराइएको अत्याधुनिक प्रविधि रहेको कम्पनीको भनाइ छ । भर्खरै लन्च गरिएको टीसीएलको एयर कन्डिसनर ब्रीजिन सिरिजमा ७५ प्रतिशत ऊर्जा बचत हुने विशेष फिचर रहेको छ ।
बाहिरी तापक्रम ६० डिग्री पुग्दा वा हिमालको अत्यधिक चिसो मौसममा माइनस तापक्रम हुँदा पनि यसले रुमलाई कुलिंग वा हिटिंग गर्ने कार्य सहज रूपमा गर्न सक्छ । जुन अन्य ब्राण्डहरुमा सहजै उपलब्ध नभएको टीसीएलको एक विशिष्ट विशेषता हो ।




















