नबिल बैंकले दसैँका लागि यी शाखाबाट नयाँ नोट साट्दै
काठमाडौं । नबिल बैंकले यस वर्षको दसैँका अवसरमा सर्वसाधारणलाई साना दरका नयाँ तथा सुकिला नोट सटही गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नयाँ नोट वितरण गर्ने व्यवस्था बमोजिम नबिल बैंकले पनि नोट सटहीका लागि उपत्यकाका पाँच शाखा तोकेको छ ।
बैंकले जारी गरेको सूचनाअनुसार सर्वसाधारणले असोज २७ देखि २९ गतेसम्म नयाँ नोट सटही गर्न सक्नेछन् । नोट सटहीको व्यवस्था तोकिएका दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मिलाइएको छ ।
बैंकका अनुसार काठमाडौंका कान्तिपथ, बल्खु र वनस्थली शाखा तथा ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिनेछ ।
बैंकले तोकिएका पाँच शाखाबाट मात्रै नोट वितरण गर्ने भएकाले ग्राहक तथा सर्वसाधारणलाई सोहीअनुसार सेवा लिन आग्रह गरेको छ ।




















