citizens life insurance long ad

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा बसेर सम्पर्कविहीनलाई पुससम्मको अल्टिमेटम

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयले अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा कार्य गर्नुपर्ने भए पनि हालसम्म सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई २०८३ पुस मसान्तभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

सम्बन्धित शिक्षक तथा कर्मचारीले त्रिवि रजिष्ट्रारको कार्यालय, कीर्तिपुरको कोठा नम्बर ३१४ मा उपस्थित भएर वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए त्रिविको नियम तथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामाअनुसार आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ ।

IME Lifesidebar
kumari