citizens life insurance long ad

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक–कर्मचारीबाट त्रिविले उठायो १६ करोड ५० लाख

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुलउपर गरिएको हो ।

त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले उपलब्ध गराएको तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

विश्वविद्यालयका अनुसार थप अवस्थाको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरूले [email protected] मार्फत समेत सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

IME Lifesidebar
kumari