stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सीमित छैन: अध्यक्ष श्रेष्ठ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पुर्‍याउँदै आएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१/२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन आपूर्ति गरी नागरिकको मानसिक एवं शारीरिक स्वास्थ्य समस्या न्यूनीकरणमा साल्ट ट्रेडिङले जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले संस्था दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सीमित नरही कृषि, उद्योग र निर्माण क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन निरन्तर क्रियाशील रहेको बताए।

कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै साल्ट ट्रेडिङले रासायनिक मलका साथै आफ्नै पहलमा गैर–रासायनिक मलसमेत आयात गरी किसानलाई उपलब्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। हाल संस्थाले नुन, चिनी, मैदा, पिठो, चामल, दाल र खाने तेलका अतिरिक्त खाना पकाउने ग्यास एवं छापाखानाका लागि आवश्यक कागजसमेत विक्री वितरण गर्दै आएको छ।

उपभोक्ताको हितलाई ध्यानमा राख्दै राष्ट्रिय चाडपर्वका अवसरमा सञ्चालन गरिने सहुलियत मूल्य पसललाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे।

साथै, देशमा आइपर्ने प्राकृतिक प्रकोप तथा विभिन्न विपत्तिका समयमा अत्यावश्यक वस्तुहरूको नियमित आपूर्ति सुनिश्चित गर्न संस्थाले खेल्दै आएको भूमिका आगामी दिनमा अझ प्रभावकारी बनाइने उनको भनाइ छ।

IME Lifesidebar
kumari