stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु पौने तीन अर्ब नाफा आर्जन

ब्याज आय घटे पनि फि तथा कमिशन आय वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको आर्थिक वर्ष २०८२/८३ मा दुई अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपियाँ नाफा आर्जन गरेको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो आव २०८१/८२ को तुलनामा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपियाँ नाफा कमाएको थियो ।

पछिल्लो समयमा विभिन्न चुनौति झेल्दै आएको इन्भेष्टमेन्टले अघिल्लो आव २०८१–८२ को असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४ अर्ब २० करोड २६ लाख रुपियाँ गरेकोमा गत आवको सोही अवधिमा यस्तो आम्दानी घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपियाँ पुगेको छ ।

यद्यपि बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी दुई अर्ब २० करोड ३२ लाख रुपियाँबाट बढेर दुई अर्ब २३ करोड ४७ लाख रुपियाँ भएको छ ।

सोही आधारमा समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको सञ्चालन नाफा छ अर्ब ७३ करोड १० लाख रुपियाँबाट घटेर चार अर्ब ३४ करोड ३१ लाख रुपियाँ भएको छ । गएको आर्थिक वर्ष २०८२/८३ को बैंकको वितरणयोग्य नाफा पाँच अर्ब ८ करोड ७५ लाख रुपियाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिको अन्त्यसम्म ३४ अर्ब १२ करोड ८५ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख रुपियाँ रहेको छ । उक्त अवधिमा बैंकले पाँच खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपियाँ निक्षेप संकलन गरेर तीन खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी ८.०५ रुपियाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९७.७१ रुपियाँ रहको छ । बैंकको निष्कृय कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।

IME Lifesidebar
kumari