stcnepal long ad
global ime bank long

हिमालयन बैंकको आर्थिक वर्षको चौथो त्रैमाससम्म एक अर्ब ४८ करोड रुपियाँ खुद नाफा आर्जन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एक अर्ब ४८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४१.१६ प्रतिशतले बढेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपियाँमा सीमित थियो ।

नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवमा १० अर्ब ४५ करोड रुपियाँ रहेको खुद ब्याज आम्दानी गत आवमा घटेर ८ अर्ब ८१ करोड रुपियाँमा झरेको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोड रुपियाँबाट घटेर एक अर्ब छ करोड रुपियाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपियाँ र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रुपियाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ भने ९ अर्ब ८४ करोड रुपियाँले ऋणात्मक रहेको छ । यता, बैंकको रिजर्भ २६ अर्ब ८० करोड रुपियाँ धनात्मक रहेको छ ।

हिमालयन बैंकले गत आवमा निक्षेप संकलन बढाएको छ भने कर्जा प्रवाह केही घटेको छ । बैंकको निक्षेप ३ खर्ब ९ अर्ब रुपियाँबाट बढेर तीन खर्ब ५१ अर्ब रुपियाँ पुगेको छ । कर्जा प्रवाह भने अघिल्लो आवको दुई खर्ब ३० अर्ब रुपियाँबाट घटेर २ खर्ब २७ अर्ब रुपियाँमा झरेको छ ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) ७.९६ प्रतिशत रहेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि तीन अर्ब ७५ करोड रुपियाँ छुट्याएको बैंकले गत आवमा २ अर्ब ८९ करोड रुपियाँ छुट्याएको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा नौ अर्ब ८४ करोड रुपियाँले ऋणात्मक रहेको छ । यद्यपि, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने उल्लेख्य सुधार भएको छ । अघिल्लो आवमा ०.६० रुपियाँ रहेको ईपीएस बढेर गत आवमा ६.५६ रुपियाँ पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपियाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८५१.०४ रुपियाँ र तरलता अनुपात ३५.३२ प्रतिशत कायम भएको छ ।

IME Lifesidebar
kumari