stcnepal long ad
ime life insurance
global ime bank long

‘जीडब्लुएम ओरा ५ ईभी’ नेपाली बजारमा

यस्ता छन् विशेषता र मूल्य

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। ग्रेटवाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको जनाएको छ। कम्पनीका अनुसार यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश छन्।

कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ। यसले सुरक्षित, स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन्।

ओरा ५ ईभीले ५-स्टार एएनक्याप तथा ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर समावेश छन्।

साथै लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन लगायतका सुरक्षा प्रविधि पनि उपलब्ध छन्। गाडीमा सामान राख्नका लागि ३३ वटा स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari