stcnepal long ad
global ime bank long

माउन्ट एभरेष्टको आईपीओ असार १७ गते बुधबारसम्ममा बाँडफाँड गर्ने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ अर्काे हप्ता बाँडफाँड गर्ने भएको छ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले आउँदो असार १७ गते बुधबारसम्ममा आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि १४ लाख २७ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

आईपीओमा २८ लाख ९५ हजार ७९४ जना आवेदककले ३ करोड १४ लाख ४६ हजार २८० कित्ताको माग गर्दै आवेदन दिएका छन्।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ। बाँडफाँडमा १ लाख ४२ हजार ७६० जना आवेदकले शेयर हात पार्नेछन्।

IME Lifesidebar
kumari