stcnepal long ad
ime life insurance
national life
global ime bank long

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठुला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठुला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।

समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेसनलका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ । समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो । समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ ।

IME Lifesidebar
kumari