stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसग २-१ गोल अन्तरले पराजित भएको छ ।

गोवाको जवाहरलाल नेहरु रगशालामा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल हार बेहोर्न बाध्य भएको हो । बंगलादेशसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले खेलको २३ औ मिनेटमा गिता रानाको गोलबाट अग्रता बनाएको थियो । तर ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले बराबरी गोल फर्काइन् ।

प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल विरुद्ध इन्जुरी समयमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् ।

विगत १६ वर्षदेखि उपविजेतामा सिमित बनेको नेपाली टोली यसपटक पनि इतिहास रच्नबाट चुकेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई १-० गोलले हराउदा अन्तिम खेलमा श्रीलङ्कालाई २-० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

सन् २०१० देखि आयोजना हुँदै आएको च्याम्पियनसिपको यात्रामा अधिकांश सस्करणमा सेमिफाइनलमा पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन ।

सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।।

prabhu mahalaxmi
kumari