stcnepal long ad
global ime bank long

कन्सल्टेन्सी दर्ता तत्काल खोल्न सरकारको ध्यानाकर्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका प्रमुख शैक्षिक परामर्श व्यवसायी संस्थाहरु (कन्सल्टेन्सी) ले नयाँ शैक्षिक परामर्श संस्था दर्ता प्रक्रिया तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, राष्ट्रिय शैक्षिक परामर्श संघ, ऐरी नेपाल र नेपाल शैक्षिक परामर्श सेवा संघले बुधवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्।

शैक्षिक परामर्श व्यवसायी संस्थाहरुको दर्ता प्रक्रिया नखुलेकै कारण सयौं व्यवसायी अन्योलमा परेको उनीहरुको भनाइ छ। पत्रकार सम्मेलनमा बोल्दै ऐरी नेपालका महासचिव राजेन्द्र रिजालले विश्वव्यापी शिक्षा, करियर विकास,भाषा अध्ययन तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरसँग जोडिएको शैक्षिक परामर्श क्षेत्र नेपालको शैक्षिक, सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित भइसकेको भए पनि यस क्षेत्रलाई व्यवस्थित बनाउने नाममा दर्ता र नवीकरण प्रक्रिया नै ठप्प पारेको भन्दै आपत्ति जनाए।

उनले विद्यमान शैक्षिक परामर्श मापदण्डलाई सार्वजनिक सूचना जारी गरी तत्काल दर्ता प्रक्रिया खुला गर्दै परामर्श सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी नियमनको व्यवस्था गरिनुपर्ने माग गरे।

उनले शिक्षा मन्त्रालय अन्तर्गतका केही कर्मचारीले अन्य निकायसँग समन्वय गरी परामर्श क्षेत्रलाई अन्योल, अविश्वास र नकारात्मक प्रभावतर्फ धकेल्न खोजेको आरोपसमेत लगाए। उनले परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र कानुन सम्मत बनाउन आफूहरु प्रतिवद्ध रहेको उल्लेख गर्दै सरकारले उचित निर्णय गरी अन्योलको अन्त्य गर्नुपर्ने बताए।

सरकारले जारी गर्न लागेको शैक्षिक परामर्श सम्बन्धी नियमावलीमा सरोकारवालाहरुसँग पर्याप्त छलफल गरिनुपर्ने समेत उनको माग छ ।

IME Lifesidebar
kumari