stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साफ खेल्ने महिला फुटबल टोलीको बिदाइ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतको गोवामा मे २५ देखि जुन ५ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ खेल्ने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।

टोलीको बिहीबार आयोजित कार्यक्रमबिच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रामचरित्र मेहता, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले बिदाइ गर्नुभयो ।

नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्नेछ । ६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र भुटान छ । समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेको छ ।

नेपालले समूहको पहिलो खेल मे २५ तारिख भुटानसँग र दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ । समूहमा शीर्ष दुर्य टोली सेमफाइनलमा प्रवेश गर्नेछन् । दुई साताअघि मात्र तयारी सुरु गरेको नेपालले उपाधि जित्ने दाबी गरेको छ ।

टोलीका प्रशिक्षक नवीन न्यौपानेले छोटो समयको तयारी भएपनि टोलीको लक्ष्य उपाधि भएको बताउनुभएको छ । च्याम्पियनसिपका लागि एन्फाले यसअघिनै गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

टोलीको थप दुई गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ हुनुहुन्छ । यस्तै रक्षकमा पूजा राना, गीता राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहनुभएको छ । स्ट्राइकरहरुमा रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा हुनुहुन्छ ।

prabhu mahalaxmi
kumari