stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युनाइटेड अजोडको आम्दानी बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युनाइटेड अजोडको आम्दानी काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ६ करोड ९७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी १ अर्ब २६ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी १ अर्ब १० करोड ८० लाख रुपैयाँ रहेको थियो।

बीमा व्यवसायतर्फ कम्पनीको खुद बीमाशुल्क आर्जन ९८ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ७२ करोड ४ लाख रुपैयाँ थियो। यस्तै कुल बीमाशुल्क संकलन २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४.०३ रुपैयाँ ऋणात्मक हुन पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ७.३७ रुपैयाँ सकारात्मक थियो। प्रतिशेयर नेटवर्थ १७४.७३ रुपैयाँ कायम हुँदा मूल्य आम्दानी अनुपात ११६.१० गुणा ऋणात्मक रहेको छ।

चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ७० लाख रुपैयाँ र जगेडा कोषमा ५ करोड ४९ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको कुल सम्पत्ति ७ अर्ब ८२ करोड २१ लाख रुपैयाँ पुगेको छ।बढ्यो

prabhu mahalaxmi
kumari