stcnepal long ad
global ime bank long

आर्थिक सहायता सेवा वैदेशिक रोजगार बोर्डले बन्द गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । देशभर कोरोना संक्रमितको सख्या बढ्दै गएको सरकारले सवारी पास समेत बन्द गरेपछि वैदेशिक रोजगार बोर्डको सचिवालय काठमाडौले कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको भन्दै बोर्डबाट प्रदान हुने प्राय सबै सेवा बन्द गरेको छ ।

शुक्रबार एक बिज्ञप्ति निकाल्दै बोर्डको सचिबालयले भदौ १५ गतेसम्मको लागि बोर्डबाट प्रदान हुँदै आएको आर्थिक सहायता लगायतको सेवा बन्द गरेको जानकारी गराएको छ ।

बोर्डबाट प्रदान गरिने आर्थिक सहायताको लागि स्थानीय तहमा निवेदन दिन सकिने र स्थानीय तहले प्राप्त कागजात सिफारिस गरेर बोर्डमा पठाउने बताइएको छ ।

बोर्डले मुलतः वैदेशिक रोजगारीको सिलसिलामा गएका नेपालीको लागि काम गर्दै आएको छ । बोर्डको अन्य सेवा आवश्यक परेमा टोल फ्री नम्बर ११४१ मा कल गरेर बुझ्न सकिने बोर्डले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari