stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एनआईसी एशिया बैंकको आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म १५ करोड १७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको छ भने इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ४२।१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड ३० लाख पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ०।२८ पैसा घटेर १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ छ ।

बैंकले ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।

prabhu mahalaxmi
kumari