stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारण सभा भोलि माघ ६ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारण सभा भोलि माघ ६ गते आयोजना गर्ने निर्णय गरेको छ ।

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म शेयर किन्नेले शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। साधारण सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari